पालुङटार नगरपालिका ९ पाण्डेवेशी गोरखाका गजलकार प्रदीप रोदन बहुचर्चित गजलकार हुन् । उनको गजलसङ्ग्रह प्रकाशोन्मुख रहको छ ।
कसम हो यत्तिको मजा भने आइरहनु पर्छ
तिमीलाई म सङ्ग आँखा जुधाइरहनु पर्छ ?
बासना त चुइगम न हो तिमीले चपाइरहेको
तितो हुँदै जान्छ एकछिन चपाइरहनु पर्छ
काँधमा हालेको सलजस्तै हो सम्बन्ध पनि
जस्लाई बेला बेलामा मिलाइरहनु पर्छ
बा आमा भरिने प्रयास गर्छन् कुनै घैलाजस्तो
छोराछोरी लोटा जस्तै हुन् खन्याइरहनु पर्छ
आओ चोटहरु हो मलाई म बनाएर जाओ
कपासलाई सिरक बन्न हिर्काइरहनु पर्छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्