शुभकालिका गाउँपालिका ६, होउडी कालिकोटका गजलकार नवराज कुन्दन हाल शुभकालिका गाउँपालिकाका शिक्षा अधिकृत हुन् ।
बसौँला आफ्नै न्यानो सन्सारमा बसौँला
लाग्दो हो मौरीलाई पनि घारमा बसौँला
भात खाने खेत बेचेर शहर पढ्ने बेला
लागेको थिएन यसरी कतारमा बसाँैला
तिमी नदी हौ जाऊ रमाउदै सागरमा जाऊ
म बालुवा भएर जीवनभर किनारमा बसौँला
बरु झिलमिलमै रमाऊ राज्धानी केही छैन
म कालो कर्नाली सधै अन्धकारमा बसौँला
ए मेरो क्षितिजबाट बिलाउदै गरेकी जून
भनिजा म कतिन्जेल तेरो इन्तजारमा बसौँला
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्