गजलकार बुँद रानाको जन्म वि.स.२००३ भदौ ३० गते धैरीचौर (कुर), अर्घखाचीमा भएको हो । वि.सं. २०२२ देखि उनले गजल लेख्दै आएका उनी गजल गायनमा पनि प्रख्यात छन् । उनका रातो मलाई प्यारो, चल्दैछ जिन्दगी गजल संग्रह, चक्रवात, एकाकार, छिनोफानो, अब किन मान्थिन् (खण्डकाव्य), पुष्टकारी, खै गुजी ?, पैलो भयो प्यादा, चनाचटपटे (बाल कविता संग्रह), तीलमा–लेङ्गम –गीति नाटक), रतौंधीको दो दो डण्डा (बाल काव्य अनुवाद) कृति प्रकाशित छन् । उनका हिन्दी र नेपाली भाषामा दुई वटा गजल संग्रह प्रकाशनको तयारीमा छ ।
सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ
सधै सागै बस्ने गरी आउादैन वसन्त नि
बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ
औडाहामा डुबे हुन्छ आखाभरि पोखरीमा
कठ्याङ्ग्रिए यो मुटुको अगेनामा लपे हुन्छ
चोर औला देखाउछन् एक्लै खादा दुनियाले
मिलिजुली हसुरेमा सुनेको छु ‘बफे’ हुन्छ
बाँध कतै बाध्या छैन पर्खाल नि हाल्या छैन
आकाशले भन्छ ‘बूँद’ आँट झिकी टपे हुन्छ
---
गजलमा–श्रमिक ५० गजल पढन् तल फोटोमा क्लिक गर्नुहोस्