काठमाडौं– गत २४ घण्टामा उपत्यकामा २ हजार ६७२ जनासहित ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको संख्या १ हजार २२९ जना रहेको बताए ।
सक्रिय संक्रमित ३० हजार
देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ६५४ छ । प्रदेश १ मा १ हजार ४७७, प्रदेश २ मा ५०९, बाग्मती प्रदेशमा ९ हजार १०३, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा १ हजार २७२, कर्णाली प्रदेशमा ५५४ र सुदूरपश्चिम प्रदेशमा ११४ जना छन् ।
प्रवक्ता गौतमका अनुसार होम हाइसोलेसनमा १७ हजार १६४ जना छन् । प्रदेश १ मा २ हजार १६४, प्रदेश २ मा ५७९, बाग्मती प्रदेशमा ११ हजार २०६, गण्डकी प्रदेशमा ५८०, लुम्बिनीमा १ हजार ५८४, कर्णाली प्रदेशमा ४११, सुदूरपश्चिम प्रदेशमा ६४० जना होम आइसोलेसनमा छन् ।
गत २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर गरिएको छ । त्योसँगै हालसम्म ११ लाख ६४ हजार ५५७ परीक्षण गरिएको छ ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ४ हजार ६८६ छ । प्रदेश अनुसार प्रदेश १ मा ४४१, प्रदेश २ मा १२८, बाग्मती प्रदेशमा ३९६, गण्डकी प्रदेशमा ६११, लुम्बिनीमा १ हजार ५०७, कर्णाली प्रदेशमा ४४२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १६१ जना छन् ।
कोरोनामुक्त
संक्रमण मुक्त भई हालसम्म घर फर्कनेको संख्या ७४ हजार २५२ रहेको छ । कोभिड–१९ बाट मुक्त हुनेको संख्या ७०.२ प्रतिशत छ । देशैभरि आइसियूमा उपचाररत बिरामीको सङ्ख्या ३२१ छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या ७७ रहेको छ । हालसम्म कोभिड–१९ बाट ६१४ जनाको मृत्यु भएको छ । पाँच सय बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, बाँके, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही पर्छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् ।