काठमाडौं– पछिल्लो २४ घण्टामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल सहित २ हजार ७१ जनालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ७१ ज्नामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ ह्जार ३ सय १५ जना रहेका छन् ।
वितेको २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार ५ सय ५२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
हाल देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना, होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना तथा ४ हजार ६ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभरका विभिन्न अस्पतालका भेन्टिलेटरमा ७६ जना तथा ३ सय २९ जनाको आईसीयूमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।