काठमाडौं– आइतबार बसन्तपरमा बलात्कारविरुद्धका प्ले कार्डहरु देखिए । लुुभु जेसिसले २ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शनमा युवाहरु नाराहरु लेखिएका प्ले कार्डसहित उभिएका थिए ।
प्रदर्शनमा सहभागी पेशाले शिक्षक २६ वर्षीय जगदिश्वर केसी सरकारले केही कडा सजायँको व्यवस्था गर्नुपर्ने माग राख्छन् । त्यस्तै काभ्रेका १९ वर्षीय कविन मगरलाई बढिरहेको बलात्कारका घटनाहरुले सताउँछ । त्यही भएर प्रदर्शनमा आएको उनले बताए ।
उनी भन्छन्, ‘केही गुर्नपर्छ र विरोध गुर्न मेरो कर्तव्य हो भनेर आए ।’ उनी कञ्चनपरको निर्मला पन्तको बलात्कारपछिको हत्याविरुद्धमा पनि प्रदर्शनमा सहभागी भएका थिए ।










