एजेन्सी - ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी गरेको पछिल्लो पोष्टहरु नदेखिने बनाएको छ ।
कोरोना भाइरस सम्बन्धी ट्रम्पले भ्रामक जानकारी दिएकाले ट्वीटरले उनको पोष्ट हटाएको जनाएको छ ।
ट्वीटरले ट्रम्पले नियमको पालना नगरेकाले उनको पोष्ट हाइड गरेको जनाएको छ ।
ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको कुरा ट्वीटरमा लेखेका थिए ।