पछिल्लो चौबिस घण्टामा नेपालमा ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार १ हजार ५६५ महिला र २ हजार ४८२ पुरुष गरी ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा २ हजार २८३ जना संक्रमित थपिएका हुन् । काठमाडौंमा आज ७५५ महिला र १ हजार १३३ पुरुष गरी १ हजार ८८८ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा ५४ महिला र ६४ पुरुष गरी ११८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १२६ महिला र १५१ पुरुष गरी २७७ जना थपिएका छन् । मन्त्रालयका अनुसार आज ६९ जिल्लामा संक्रमण देखिएको हो । संस्थागत आइसोलेसनमा १३ हजार ९२३ र होम आइसोलेसनमा १९ हजार ९५७ गरी ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, आज १ हजार ४७३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार योसँगै ७७ हजार २७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश १ मा ६ हजार ६८७, प्रदेश २ मा १५ हजार ९०, बाग्मतीमा २९ हजार ३८९, गण्डकीमा ४ हजार २५५, लुम्बिनीमा १० हजार ७८१, कर्णालीमा ३ हजार ४८० र सुदूरपश्चिममा ७ हजार ५९५ जना डिस्चार्ज भएका छन् ।
क्वारेन्टिन
देशभरका क्वारेन्टिनमा ४ हजार ८३१ जना काेराेना संक्रमित रहेका छन् । सबैभन्दा धेरै लुम्बिनी र सबैभन्दा कम प्रदेश २ का क्वारेन्टिनमा रहेका छन् । प्रदेश १ मा ४२९, प्रदेश २ मा १६३, बाग्मतीमा ३८३, गण्डकीमा ६४३, लुम्बिनी १ हजार ४४२, कर्णालीमा ५०२ र सुदूरपश्चिमा १ हजार २६९ जना रहेका छन् ।
आइसियू र भेन्टिलेटर
मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा २ सय ७९ जना आइसियूमा उपचारत छन् । यसमध्ये बाग्मती प्रदेशमा सबैभन्दा धेरै १ सय १५ जना छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा रहेका छन् । प्रदेश १ मा ३०, प्रदेश २ मा २०, बाग्मतीमा १५५, गण्डकीमा ६, लुम्बिनीमा ४७, कर्णालीमा १९ र सुदूरपश्चिममा २ जना आइसियूमा उपचाररत छन् । त्यस्तै, भेन्टिलेटरमा ६७ जना कोरोना संक्रमित उपचाररत छन् । प्रदेशअनुसार प्रदेश १ मा १५, बाग्मतीमा ४६, लुम्बिनीमा ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पाँच सय बढी संक्रमित
५ सयभन्दा बढी संक्रमित रहेका जिल्ला १० वटा छन् । प्रदेश १ का मोरङ र सुनसरी, बाग्मतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुर, लुम्बिनीको सुर्खेतमा ५ सयभन्दा बढी संक्रमित रहेका छन् । संक्रमितको संख्याअनुसार बाग्मती प्रदेश उच्च जोखिममा रहेको छ ।