काठमाडौं– वितेको २४ घण्टामा विश्वका ४ हजार भनदा धेरै मानिसको मृत्यु भएको छ । यो २४ घण्टामा विश्वभरका ४ हजार ४ सय ४१ जना मानिसको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।
अहिलेसम्म विश्वका १० लाख ७४ हजार ८ सय १७ जना मानिसको मृत्यु कोरोना संक्रमणबाट भैसकेको छ ।
अहिलेसम्म विश्वका ३ करोड ७४ लाख २३ हजार ६ सय ६० जना मानिसमा कोरोना भाइरसले संक्रमण गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वका ३ लाख ७ हजार ४ सय ३ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।