“हे माता पार्वती ! विविध प्रकारका देवताहरूको सेवामा आफू रही मैले ८५ वर्षभन्दा बढी समय बिताएँ । अहिले ती सबैलाई छोडिदिएको छु । यस बेला अब तपाई“ले ममाथि कृपा गर्नुभएन भने असहाय म कसको शरणमा जाऊँ ?” भनी शङ्कराचार्यरचित एउटा देवी–स्तुतिमा भनिएको छ ।
आदिशङ्कराचार्यले त ३२ वर्षकै उमेरमा बदरीनाथको बाटामा रहेको जोशी मठमा समाधिद्वारा देहत्याग गरिसकेका थिए । ‘अपराध समापनस्तोत्र’बाट माथि उद्धृत श्लोक अन्य कुनै शङ्कराचार्यले पछि आएर लेखे होलान् ।
देवताका सेवा गर्दागर्दा
म सम्झन्छु, मेरी माताले मलाई यो स्तोत्र कण्ठस्थ गराउनुभएका बेला म ७ वर्षको थिएँ हुँला । त्यसै समयमा आमाले नै रावणद्वारा रचना गरिएको भनिएको ‘शिवताण्डवस्तोत्र’ पनि घोकाउनुभएको थियो । उक्त देवीस्तोत्र आज पनि मलाई मुखाग्र आउँछ, ‘शिवताण्डवस्तोत्र’ भने प्रायः विस्मृतिमा गयो ।
- आज बिहान भने हिमानी र निनी आएर “बाबा, यो किताब लिऊँ कि ?” भनी अङ्ग्रेजी कथासाहित्यको एउटा पुस्तकका निम्ति आग्रह गरे ! मेरै घरमा पनि नयाँ नेपाल जन्मिइसकेको रहेछ ।
देवीस्तोत्रको त्यो माथि उधृत पाँचौं श्लोक अहिले सम्झने कारण पर्यो । २००७ सालदेखि विविध देवताहरूका सेवा गर्दागर्दा म पनि आकुल भएँ, उमेर पनि अब सत्तरी चलिरहेछ, यसबेला म अब कसको शरणमा जाऊँ ? दैवी शक्तिले बिदा लिएको ३६ वर्ष भयो । आफ्नी पत्नी अहिले मेरी देवी छन् । ५३ वर्षदेखि हामी दुई सँगै जीवन बिताइरहेछौं । यी मैयाँबाट मैले पर्याप्त शरण नपाएको भए जेजस्तो आज म छु, सके अर्कै केही हुने थिएँ ।
मैले थुप्रै देवताहरूको सेवा गरें– कसैको निकै र कसैको कम, तर विश्वासका साथ सेवा गरेको थिएँ यद्यपि सबै व्यर्थ गए । पुष्पलाल, मनमोहन, केशरजङ्ग रायमाझी, कृष्णराज वर्मालाई मुख्य सेवा अर्पित गरेपछि बाँकी रहेको मैले टङ्कप्रसाद आचार्य, वि.प्र. कोइराला र डिल्ली रमण रेग्मीलाई सानै भए पनि माला उनेर टक्र्याएको थिएँ । जो हुनुहुन्न वहाँहरू यस धराबाट महान् भएर गइसक्नुभयो, जो आज हुनुहुन्छ वहाँहरू यस धरामा महान् नै रहनुभएको छ । ती दुवै कोटीप्रति म आफ्ना श्रद्धा पुष्पाञ्जली फेरि अर्पित गर्छु तैपनि मेरा ती कुनै सेवा काम लागेनन्, सबै त निष्फल नै भए, म अयोग्य सेवक ठहरिएँ ।
तैपनि आशा टुटेको छैन, साहस पनि हराएको छैन मेरो । मेरै घरमा नयाँ देवदेवीका नयाँ पुस्ता उज्यालो भएर उदाइरहेछन्, मैले देखिरहेको यो मेरै आकाशमा एघारवटा तारा चम्क“दै आएका छन् । मेरा ती आशाले आज यो शुक्रवार बिहान नयाँ सास फेरेको अनुभव गरें – कैयौं दशकपछि आज मलाई वास्तविक प्रसन्नताको अनुभव भयो ।
कसले पढ्ने ! यिनले पढ्ने !
मेरा कोठाका यी दराजहरूमा सबै गरी चार हजारजति पुस्तक होलान् । ‘एट द क्रसरोड्स अफ इन्फिनिटिज’देखि ‘ऋग्वेद संहिता’सम्म र ‘गणितशास्त्रको दर्शन’देखि ‘मानवजातिको मूल’ भन्ने विषयहरूलाई अँगालेका यी पुस्तकमा थप्ने क्रम चलिरहँदा “भोलि यिनका के उपयोगिता ?” भनी प्रश्नले मलाई विचलित तुल्याउने गर्थे तैपनि यिनीहरूलाई हेरेर र छामेर म सन्तुष्ट र आनन्दित हुने गर्दथें ।
आज बिहान भने हिमानी र निनी आएर “बाबा, यो किताब लिऊँ कि ?” भनी अङ्ग्रेजी कथासाहित्यको एउटा पुस्तकका निम्ति आग्रह गरे ! मेरै घरमा पनि नयाँ नेपाल जन्मिइसकेको रहेछ । बरु १५ वर्षदेखि तीन वर्षका यी मेरा ११ तारामा निनी चारौं र हिमानी छैठौं छे । माता अब यो उमेरमा म कसको शरणमा जाऊँ भनी मैले निराश भएर सोध्नुपर्ने स्थिति रहेनछ !
- मतदान गर्न गएका मदन भण्डारी बानेश्वरमा किन झगडामा परे, मताधिकार प्रयोग गर्नुभन्दा श्री भट्टराईले भारततिर प्रस्थान गरेर झगडाबाट आफूलाई पूरै जोगाए ।
मेरा यी पुस्तक खोजेर पढ्नेहरू मेरै आकाशमा यही घरमा उज्याला हुँदै उदाइसकेका रहेछन् । अनन्तका चौबाटामा ठाडा भएर उभिने साहस र अठोट मेरै घरमा जागृत हुँदै आएको रहेछ । मैले सेवा गरेका देवताहरू विफल भए त के, मैले सेवा गर्नुपर्ने नयाँ देवता मेरा घरमा अविर्भूल र स्वयम् प्रकाश हुन थालेछन् । दैवी सम्पत्को सान्निध्यमा यसरी म पुग्न थालेपछि, यो नयाँ नेपाल यसरी अग्रसर हुन थालेपछि देवासुरसङ्ग्रामको विजयी पक्षबारे मैले थप शङ्का अब गरिरहनुपर्दैन, यो देश आफ्नो मोक्षको मार्गमा नयाँ पुस्ताको नेतृत्वमा अग्रसर छ, त्यसले मसितै पुस्तक माग्न थाल्यो ।
पुस्तक माग्न थालेको देखेर यसरी प्रसन्न भएको मैले हिमानीपछि मेरै आठौं अवनि झन् प्रखर नेतै भएको रहेछ भन्ने पनि आजै, यो लेख्तालेख्तै साँझमा सुनें । स्थानीय निर्वाचनको मतदान थियो । आफ्नो मत खसालेर घर फर्किएका आफ्ना माता–पितासित अवनिले “कसलाई मत दिएको ?” भन्ने प्रश्न गरेर ‘सूर्य’ मा मत नदिएर किन रूख रोजेको त भन्ने प्रश्नहरू गर्दै ‘रूख’ र ‘सूर्य’का बीचका भेदभावबारे आफ्ना थुप्रा र लामा तर्कहरू दिएछ । “ए बाबू ! दिनको आधा भागमात्र सूर्य रहन्छ, रूखमा चाहिँ फल फल्छ, सूर्य आकाशको कुरो हो, त्यसलाई हेर्यो भने आँखै बिग्रिन्छन्, रूखचाहिँ यस माटाबाट उम्रिएको हो” भनी उसको पिताले भन्दा “सूर्य सधैं हिँडिरहन्छ, रूख एउटै ठाउँमा उभिएको–उभियै रहन्छ त्यसमा कागहरू बसेर क्याँ–क्याँ गर्दै फोहोर मात्र पारिरहन्छन्” भनी सके आफ्नो स्कुलमा सुनेका कुराहरू अवनिले गरेछ ।
सन्तुष्ट ती वैज्ञानिक
निनी–हिमानी–अवनि, मेरा ज्वाइँ र माहिला तथा साहि“ला छोराका सन्तान । साँझपख हामी चारका कुराकानी चलिरहे । यी निर्वाचनका केकस्ता परिणाम निस्किए भन्ने जिज्ञासा थिए । नेपाली राजनीतिमा बुद्धि र राजनीतिबीच गम्भीर द्वन्द्व चलिरहेछ, बुद्धिसित यहाँको राजनीति साह्रै त्रस्त छ, आफूलाई श्रेष्ठतम ठानेर आफैसित निरन्तर मक्ख पर्दै बुद्धिबाट सकेसम्म टाढा, विलिप्त र चोखो बस्ने पद्धति नै वर्तमान बहुदलीय नेपाली राजनीति हो भन्नेमा हामी चारैजनामा वैचारिक समानता देखा पर्यो ।
मतदान गर्न गएका मदन भण्डारी बानेश्वरमा किन झगडामा परे, मताधिकार प्रयोग गर्नुभन्दा श्री भट्टराईले भारततिर प्रस्थान गरेर झगडाबाट आफूलाई पूरै जोगाए । नेपालको एउटा भौगर्भिक पक्षको अध्ययनसम्बन्धी गम्भीर अध्ययनमा हाल नेपाल आएका न्युजिल्यान्डका एक विशिष्ट विशेषज्ञले यस देशमा विकास हुँदै आएको टिप्पणीका विषयहरूबारे हाम्रा चर्चा चलिरहे ।
भूगर्भ–भूकम्पसँग सम्बन्धित अध्ययनका निम्ति गत वर्षको नैरोबी विश्वसम्मेलनले नेपाललाई विशेष महङ्खव प्रदान गर्यो । यस हिमाली क्षेत्रको भूकम्प र भू–कम्प चरित्र र सम्भावना, सोलाई ध्यानमा राखी यहाँ अवलम्बन गरिनुपर्ने निर्माण एन्जिनियरिङ तथा निर्माणसामग्रीको विशिष्टताजस्ता तीन महत्वपूर्ण पक्ष सम्बन्धित अध्ययन आयोजना नैरोबीबाटै प्राप्त गर्न सकेको न्युजिल्यान्डका ती विशेषज्ञले काठमाडौंका अधिकांश इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियरहरूसित सम्पर्क र छलफल गरिसकेका छन् ।
मलाई बताइएअनुसार ती विशेषज्ञले यस क्षेत्रका नेपालीहरूले सँगालेका ज्ञान र अनुभवलाई उच्च मूल्याङ्कन गरेका छन् । नेपालले सन् १९५१ देखि आधुनिक विश्व र त्यसका विचारतिर आफूलाई खोलेको हो । चार दशकको यस अवधिभित्र विविध शाखाका इन्जिनियरिङमा नेपाली युवकहरूले आफ्नो देशका निम्ति पर्याप्त ज्ञान सँगालेका छन्, नेपालीहरू सन्तुलित चिन्तनका, प्रसन्न मुहारका, दीप्ति र गतिमन्ततायुक्त व्यक्तिका रूपमा स्थापित भइसकेका छन् तथा तेस्रो विश्वका अत्यन्त निकै कम मुलुकमा यस्तो उत्साहप्रद इन्जिनियरिङ चिन्तन स्पन्दनशील रहेको पाइएको छ भन्ने तिनका मूल्याङ्कनहरू रहेछन् ।
- राजनीतिक सङ्गठनको जग त्यसैबेला हालियो । त्यसैबेला साहित्यिक महारथीहरूले लेखनाथ तथा तिनका पूर्ववर्तीहरूमाथि थप्न थालेर नेपाली साहित्यलाई रूप दिन थाले
यो सबै कुराहरू सुन्दा ममा नयाँ आशाका सञ्चार हुन थाले । इन्जिनियरिङ मेरो क्षेत्र होइन, तथापि मेरो क्षेत्र रहेको यस देशमा इन्जिनियरिङले त्यसरी आफ्नो निम्ति खँदिलो चिन्तनगत आधार बनाइसकेको रहेछ भने मुलुकको चिन्तनलाई सामाजिक र राष्ट्रिय रूप दिने मेरा लिखित चेष्टाहरू खेर नै त गएका रहेछन् ।
दलविहीन कालमा जिम्मेवार युवकहरूले आफ्ना राष्ट्रिय दायित्वलाई त्यस क्षेत्रमा गम्भीरता र उत्तरदायित्वका साथ बहन गरेका रहेछन् भन्ने विश्वासप्रद जानकारी त्यस्तो तटस्थ वैदेशिक स्रोतबाट पाउँदा प्रसन्न नहुने कुरा पनि थिएन । हुन पनि त्यस्ता प्राविधिक क्षेत्रमा दलविहीनताले कुनै निषेधकारी राजनैतिक हस्तक्षेप र विचलन गरेको पनि थिएन । ती न्युजिल्यान्डका विशेषज्ञले नेपाली र विकसित मुलुकका इन्जिनियरिङ क्षेत्रका कर्मीहरूका जीवनस्तर र आर्थिक उपार्जनका तुलनासमेत गरेर तैपनि नेपाली पक्षले हरेस नखाएको, उत्साह नछाडेको र दायित्वलाई पूरा गरेको देखेर आफू प्रशस्त सन्तुष्ट भएका समेत उल्लेख गरेछन् ।
मैले माथि निनी, हिमानी र अवनिको उल्लेख गरें । ज्ञान र उपलब्धिको कुन क्षेत्रमा यो नयाँ नेपाली पुस्ता, यी मेरा नाति–नातिनाहरू अग्रसर हुनेछन् भन्ने मलाई थाहा छैन तैपनि तिनीहरूबाट आशा गर्दा, तिनीहरूमाथि विश्वास गर्दा अर्को एउटा गम्भीर चिन्ताबाट भने मैले मुक्ति पाएको छैन । वैज्ञानिक प्राविधिक क्षेत्रमा भरपर्दो आधार निर्माण हुँदा राष्ट्रिय व्यक्तित्वको सामाजिक दार्शनिक चिन्तनको मूल जग कस्तो बन्दै गएको छ भन्ने प्रश्न मेरो सामु छ । हो, साहित्यको क्षेत्रमा हाम्रा लेखकहरूले चित्रमा प्रकाश थप्दै आएका छन् ।
परन्तु इतिहास, समाजशास्त्र, नृतङ्खवशास्त्र, दर्शन, राजनीतिशास्त्र, शिक्षा विज्ञान आदि आदि आध्यात्मिक चिन्तन मनन–निदिध्यासनमा आधारित नेपाली स्थापनाहरूका निर्माण र विकासमा यस देशमा कुनै जग हालिएको छैन । यस्तो किन ? कुनै क्षेत्रमा पनि उद्धृत गर्न सकिने दार्शनिक अध्ययन र प्रस्तुति यस देशमा किन भएन ? नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा भनौं २०१५ सालपछि विशेषज्ञहरूका तयारी गर्ने दिशामा काम सुरु भएको थियो । प्राज्ञिक क्षेत्रमा, मानविकी शास्त्रको अध्ययनसित प्रायः १९९१ साल देखि नै नेपालले सव्रिmय रुचि लिन थालेको थियो ।
- उहाँहरूप्रति अपमान गर्ने मनसायले होइन । उहाँहरू यस देशका सम्मानित प्रतिभा हुनुहुन्छ भन्नेहरू इमान्दार हृदयले र सम्पूर्ण रूपमा स्वीकार गरेर म श्री पारिजात र मोदनाथ प्रश्रितका उदाहरणतिर ध्यान आकर्षित गर्छु ।
राजनीतिक सङ्गठनको जग त्यसैबेला हालियो । त्यसैबेला साहित्यिक महारथीहरूले लेखनाथ तथा तिनका पूर्ववर्तीहरूमाथि थप्न थालेर नेपाली साहित्यलाई रूप दिन थाले । २००७ पछि लेखन र चिन्तनतर्फ लहर उर्लिन थाल्यो । २०१३ सालमा मदन पुरस्कार र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान स्थापित भए । राष्ट्रिय शिक्षालाई व्यवस्थित तुल्याउने र तिनमा वेग र विस्तार थप्नेतर्फ त्यही वर्ष सुरm गरिएको पहिलो पञ्चवर्षीय विकास योजनाले ध्यान दियो । नेपालका निम्ति बितेका ती ३६ वर्षलाई सानो अवधि भन्न मिल्दैन । तर सबै विज्ञान र प्रविधिलाई दिशा र राष्ट्रिय व्यक्तित्व प्रदान गर्ने सामाजिक चिन्तन जहाँको तही“ टक्क अडिएजस्तो छ । किन यस्तो भयो ?
पारिजात र प्रश्रित
मैले माथि त्यही दिशामा अलि कोट्याएँ । नेपालमा राजनीतिक नेतृत्व क्षेत्र र बौद्धिक क्षेत्रका बीच द्वन्द्व छ । सके यही द्वन्द्व नै सामाजिक क्षेत्रमा चिन्तनको विकासका निम्ति निरोधक कारक बन्यो । राजनीतिक पक्षले यहाँ बुद्धिको विकास हुन दिएन, नेपालको राजनीतिमाथि एकेडमीय प्रक्रियाले प्रभाव पार्न पाएन । त्यसो किनभने सत्तामा पुगेको अयोग्य क्षमताले आफूभन्दा श्रेष्ठ क्षमतालाई सहँदैन । त्यतिले नपुगी नेपाली राजनीतिमा छिपछिपे स्तरको वामपन्थी प्रवाहले २००७ भन्दा पहिले प्रभाव पार्न थालेको थियो । त्यसले आफूलाई बाह्य क्षेत्रबाट उधारो ल्याएका नाराहरूमा आफूलाई सीमित राख्यो ।
यस विषयका जानकारहरूलाई कुन कुरा राम्रोसित थाहा छ भने नेपालका उदीयमान बौद्धिक प्रतिभाहरूले २००७ देखि नै वामपन्थी प्रवृत्तिमा आफूलाई संलग्न गराएका थिए । वास्तवमा भन्ने हो भने नयाँ प्रतिभाको अधिकांशले आफूलाई त्यसैमा समर्पित पनि गरेका थिए । ती प्रतिभाहरू इमान्दार देशभक्त र तपस्वीसमेत थिए । परन्तु विशेषगरी त्यसबेलाको र अहिले पनि यस देशको वामपन्थी नेतृत्वले नारावादितालाई बाहेक बौद्धिकतालाई खुल्ला चिन्तन गर्न कहिल्यै नदिएको मात्र होइन, त्यस्ता लक्षण देख्नासाथ वज्रमुष्ठीभित्र कसेर तिनलाई अपाङ्ग अवस्थामा राखिदियो । अझै त्यस्तै छ ।
उहाँहरूप्रति अपमान गर्ने मनसायले होइन । उहाँहरू यस देशका सम्मानित प्रतिभा हुनुहुन्छ भन्नेहरू इमान्दार हृदयले र सम्पूर्ण रूपमा स्वीकार गरेर म श्री पारिजात र मोदनाथ प्रश्रितका उदाहरणतिर ध्यान आकर्षित गर्छु । नेपाली साहित्यमा उहाँहरू दुवैबाट ठूला अनुदान भए । त्यसबेला उहाँहरू माक्र्सवादी हुनुहुन्थ्यो । माक्र्सवाद वैज्ञानिक दर्शन हो । विज्ञानले प्रगति गर्दा त्यसले ठूला भूलहरू पनि गर्छ र ती भूललाई सच्याउँदै त्यसैबाट झन् माथि पनि उठ्छ । उहाँहरू दुवैले माक्र्सवादी चिन्तन ग्रहण गरेपछि आफ्ना पूर्वकृतिलाई आफै“ले निन्दा र तिरस्कार गर्दै तिनको बहिष्कार गर्न आह्वान गर्नुभयो । त्यस आह्वानपछि पहिलेका कृतिभन्दा माथि उठेको त के कुरा पहिलेका कृतिका स्तरमा नयाँ सृजना गर्नुभएन ।
- हातमा पैसा पर्दा किशोरावस्थादेखि नै म पुस्तकमा खर्च गर्दथें अन्य क्षेत्रमा मेरो कुनै सोख छैन । मेरो विलासिता यही हो । पंरन्तु सबै पुस्तक किनेर पढ्नु साध्य छैन । अचेल एउटा चित्तबुझ्दो लेख तयार पार्न खोज्दा मलाई तीनवटा पुस्तक चाहिन्छन् तर कहाँबाट ल्याउने मैले ?
उहाँहरू दुवैका अखबारी चिन्तनहरू अचेल पनि पढ्न पाइन्छन् परन्तु नयाँ चिन्तनले पुरानोमाथि परिमार्जन गरेर झन् माथिल्ला कृति प्रस्तुत नगर्नुको कारण के हो ? अधिनायकवादी वज्रमुष्ठीले सृजनशील चिन्तनलाई सहँदैन । म्याक्सिम गोर्कीमा, लु सुनमा, व्रिmस्टोफर कडवेलमा, सोलोखभमा, हावर्ड फास्टमा त्यस्ता कुपरिणाम देखिइसकेका थिए । नेपालमा पारिजात र प्रश्रितमा त्यही देखापरेको हो । यसलाई म नेपालको वामपन्थी चिन्तन अँध्यारो र थुनिएका गोरेटोभित्र परेको ठान्दछु । त्यसकारण त्यसले आफ्ना निम्ति निकै नै लामो भविष्यलाई पर्खनुपर्नेछ भन्ने निष्कर्षमा म पुगेको छु । यसो भन्नुपर्दा ममा प्रसन्नता छैन तर सत्य त्यस्तै देखिन्छ ।
परन्तु राष्ट्रिय चिन्तनका निम्ति पनि उज्यालो भविष्य छ र ? अचेल मलाई आफूलाई रोजै कम्ती सरदर ५० पृष्ठका पाठ्यसामग्री चाहिन्छन् । हातमा पैसा पर्दा किशोरावस्थादेखि नै म पुस्तकमा खर्च गर्दथें अन्य क्षेत्रमा मेरो कुनै सोख छैन । मेरो विलासिता यही हो । पंरन्तु सबै पुस्तक किनेर पढ्नु साध्य छैन । अचेल एउटा चित्तबुझ्दो लेख तयार पार्न खोज्दा मलाई तीनवटा पुस्तक चाहिन्छन् तर कहाँबाट ल्याउने मैले ? दुई हजार वर्ष पुरानो उज्यालो सांस्कृतिक र साहित्यिक परम्पराको यो देश हो भन्ने कुराको प्रमाणको रूपमा आज निकै घटिसकेको तर कसैगरी जिउँदो रहेको राष्ट्रिय अभिलेखालय (पहिलेको वीर पुस्तकालय ) छ ।
त्यस परम्परामा २००७ सालपछि नयाँ के थपियो ? खोइ यहाँ एउटा व्यवस्थित केन्द्रीय सार्वजनिक पुस्तकालय ? मलाई यास्कको निरुक्त हेर्नु परेको छ । सिन्धु सभ्यताको अध्ययन गर्नुपरेको छ । न्युटनबारे थाहा पाउनुपरेको छ । लास्की र किन्सेको अर्थशास्त्र बुझ्नुपरेको छ । ती पुस्तकहरू कहाँ पाउने मैले ? मागेर पढ्ने ? त्यसो पनि गर्ने गरेको छु । क–कसकहाँ गएर के मागूँ म ? जुन स्वाधीन देशमा एउटा व्यवस्थित केन्द्रीय पुस्तकालय छैन, त्यस्तो संस्था खडा गर्ने कसैमा रmचि छैन, जहाँ पुस्तकका अभावबारे चिन्ताले छुँदैन, त्यहाँ अध्ययन, चिन्तनमनन र शास्त्रीय ज्ञान तथा त्यस्तो ज्ञानको उद्घाटनका बारे प्रश्न गर्नुमा कुनै अर्थ पनि म देख्तिनँ । तैपनि भोलिको पुस्तामाथि विश्वास गर्छु । नयाँ नेपाल मेरा नाति–नातिना र तिनले माग्ने पुस्तकमा अवनिको प्रश्नमा म देखिरहेको छु ।
वर्ष ३३, अङ्क २३, २०४९ शुक्रवार २३, जेठ (जुन ५, १९९२)—४८२ (समीक्षा सङ्ख्या—११७३)
(दीक्षितको हालै प्रकाशित भएको पुस्तक ‘मेरो देश : मेरो संसार’बाट)