काठमाडौं– वितेको २४ घण्टामा विश्वका ९१ लाख भन्दा धेरै मानिसले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । यो २४ घण्टामा विश्वभरीका ९१ लख १० हजार ९ सय ६८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् ।
यहि समयाअधिमा विश्वभरका ३ लाख ७९ हजार १ सय ३९ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित सहित विश्वभरका ३ करोड ८७ लाख २७ हजार ९ सय ५३ जना मानिसमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
पछिल्लो २४ घण्टामा विश्वका ६ हजार ६० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यो सहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख ९६ हजार ३ सय पुगेको छ ।
विश्वभरी हाल ८५ लाख २० हजार ६ सय ८५ जनामा संक्रिय किसिमको संक्रमण रहेको छ । जसमध्ये ७० हजार ६५ जनाको अवस्था गम्भिर रहेको छ ।