काठमाडौं– कोरोना महामारीका कारण ७ महिनादेखि बन्द रहेका भारतका सिनेमा हल आजबाट खुल्ने भएका छन् । आजबाट भारतका सिनेमा हल, मल्टीप्लेक्स, इन्टरटेनमेन्ट पार्क, स्वीमिङ पुललगायतका क्षेत्र खुल्ने भएका हुन् ।
सरकारले सामाजिक दुरी कायम गर्दै सिनेमा हल खोल्न अनुमति दिएपछि मध्यप्रदेश, दिल्ली, चण्डीगढ, उत्तर प्रदेश तथा बंगालका बन्द सिनेमा हल खुल्ने भएका हुन् । तर, महाराष्ट्र, झारखण्ड, छत्तीसगढ तथा पूर्वोत्तरी राज्यका सिनेमा हल भने अर्को सुचना जारी भएपछि मात्रै खुल्ने छन् ।
गोवामा भने सरकारले सिनेमा हल सञ्चालन गर्ने अनुमति दिएपनि नयाँ सिनेमा नभएका कारण हल सञ्चालकले सिनेमा हल बन्दै गर्ने बताएका छन् । गुजरातका सिनेमा हल अक्टोबर १७ बाट खुल्ने भएका छन् ।