काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना कोरोना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । आज १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।
यसैगरी, काठमाडौँमा १ हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा आज १ हजार ९३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा ४ हजार ८२५ जना छन् ।
कोरोना सङ्क्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको उनले जानकारी दिए ।