काठमाडौं– विश्वका ३ करोड ९१ लख ७ सय ५० जना मानिस कोरोना संक्रमित भएका छन् । वितेको २४ घण्टामा मात्रै ३ लाख ९७ हजार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट विश्वका ११ लाख भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ लाख २ हजार ४ सय ४ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८६ जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाए ।
विश्वभरका कोरोना संक्रमित मध्ये ८६ लाख ८६ हजार १ सय ३९ जनामा संक्रिय किसिमको कोरोना संक्रमण रहेको छ । जसमध्ये ७० हजार ५ सय ५२ कोरोना संक्रमितको अवस्था गम्भिर रहेको छ ।
विश्वका २ करोड ९३ लाख ६२ हजार २ सय ७ जना कोरोना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् ।