काठमाडौं– पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर घटेको छ । अधिल्लो २४ घण्टामा त्यहाँ ६७ हजार ९ सय ८८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा भने यो संख्या घटेर ६० हजार ३ सय ६५ मा झरेको छ । अघिल्लो २४ घण्टामा भन्दा पछिल्लो २४ घण्टामा ७ हजार भन्दा धेरै कोरोना संक्रमितको संख्या घटेको हो ।
अहिलेसम् मभारतमा ७३ लाख ६५ हजार ४ सय ३५ जना मानिसमा कोरोना संक्रमण पुष्टि भैकसकेको छ । जसमध्ये ६४ लाख ४८ हजार ५ सय ४५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतमा अहिलेसम्म १ लाख १२ हजार १ सय ४४ जना मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँका ४ हजार ७ सय ४६ जना मानिसमा अहिले पनि संक्रिय किसिमको संक्रमण रहेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।