काठमाडौं - पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् ।
स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो ।
ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ । सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ । घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरेका छन् । रासस