भरिए आस्थामा, सुसज्जित सपनाहरु
सजिए अनगिन्ती, सुललित सपनाहरु
होला कसरी पूरा, दृढ संकल्प अब यो
बेचैनी छ मनमा, भयभीत सपनाहरु।
000
जून आई पोखिन्छ छताछुल्ल आँगनभरि
आकाशका नयाँ कोपिला आउँछन् मनभरि
जब उभिन्छ परिश्रम आफैँ प्रतिफल लिएर
तब उमंग नयाँ जोस भर्छ यो तनभरि ।
000
खोज्दैमा असल मान्छे कहाँ भेटिन्छ र
सबै असल हुने भए कसरी मुटु रेटिन्छर ?
प्यासी भै जलकुण्ड खोजिरहें तर खै
उष्णता छ जताततै कहाँ प्यास मेटिन्छ र।
– विराटनगर
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्