लक्ष्मी पुजिने देशमा लक्ष्मीको अस्मिता लुट्दै लगेर हो
माया, सृष्टि र रूपकी जीवित देवीलाई हामीले ठगेर हो
सतीले सरापेको हाम्रो देश, त्यत्तिकै भएको होइन हजुर
संकीर्ण समाजको सिकार बनेका नारीका आँसु बगेर हो ।।
000
आफ्नै मनलाई सही, गलत साक्षी राखेर आए पुग्छ
केवल पराई सोच्ने भावनामा पुल हालेर आए पुग्छ
तिमीलाई भनी किनिदिएको गुलाफको रङ फेरिएपछि
मलाई अँधेरीले ढाक्यो सानु, जून बनेर आए पुग्छ।।
000
मनको मान्छे छुट्ने बेला अन्तिम बिदाइ माग्यो
तर दुइटा मनमा बिजुलीझैं पीरले तार टाँग्यो
प्रभु ! रोऊँ भने बिदाइ गर्दा हास्नुपर्छ भन्छन्
तर साइत पर्दा आँखाबाट आँसु आउन लाग्यो ।।
– झापा
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्