उचाइमा पुग्न मूल्य चुकाउनै पर्दो रैछ
पसिना र आँसु पनि लुकाउनै पर्दो रैछ
गगन चुम्दा दम्भ गर्दै शिर ठाडो पारे पनि
धर्ती हेर्न त्यही शिर झुकाउनै पर्दो रैछ ।।
०००
घाउ दिनेले आफैं भन्यो, घाउ त्यो सिएर देखाऊ
विषको प्याला दिँदै भन्यो– लिऊ यो पिएर देखाऊ
उसका लागि मर्न सक्छु र त पिएँ मैले प्याला
मर्न लाग्दा हाँस्दै भन्यो– अब जिएर देखाउm ।।
०००
कतै आँसु कतै हाँसो दिने एउटै प्रहर हुन्छ
सुखको छ कतै सागर कतै ढुंगे बगर हुन्छ
मन्दिरभित्र पुगेकै क्षण देउता हुन्छ पत्थर भने
सधैं मन्दिर धाए पनि मान्छे किन पत्थर हुन्छ ?
–पाटन, ललितपुर
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
