खाली पेट, खुच्चिङ भन्छ, रित्ता भकारीहरूले
आश्रय दिन छाडे अब आशाका छहारीहरूले
लक्ष्यबिनाको यात्रामा छु, कहाँ लगेर बिसाउँm
थिचिरहन्छ जिन्दगीलाई, दुःखका भारीहरूले ॥
०००
चाहना मात्र हुनुपर्छ, जस्तो चाह्यो त्यस्तै बन्छ
भन्नेले त हजार भन्छ, के के भन्छ, के के भन्छ
बन्ने नै हौ तिमी भने अँधेरोमा चम्कने हीरा बन
दिनको घाममा त सिसाको टुक्रा पनि चम्कन्छ ॥
०००
ओर्लनुपर्छ भन्ने कुरा उक्लिँदा बिर्सन्छन्
भुइँमा टेक्ने तथ्यलाई उफ्रिँदा बिर्सन्छन्
हेर्दा फरक भए पनि छाता र नाता उस्तै हो
चाहिँदा मात्र सम्झन्छन् नचाहिँदा बिर्सन्छन् ॥
–नयाँबजार, काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्