सरकार दलाल र माफियामा टिक्दछ !
कर्मचारी दत्तचित्त भ्रष्टाचार सिक्दछ !!
गरिब र निमुखाले कस्लाई विश्वास गर्ने ?
जब सारा संसार पैसामा नै बिक्दछ !!
०००
बुझिनँ मैले प्रेमको आवाज भाषा बेग्लै रहेछ यसको !
कतै लोभ लालच त कतै आशा बेग्लै रहेछ यसको !!
धोका र छलले जित्न थाल्यो समर्पणले हारिरह्यो,
निश्चल निष्ठा छायामा पार्ने तमासा बेग्लै रहेछ यसको
०००
न सोध्यो पहिले न आयो कसैको रहरले !
सारा विश्व थर्कायो बोक्यो रोग सहरले !
शक्तिशाली हौं भन्ने ठूला धेरै देशलाई पनि,
सिकायो सचेत बन्न आज कोरोनाको कहरले !!
– नयाँबजार, काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्