काठमाडौं– अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्युजिक भिडियोलाई दर्शक÷स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्युज आठ लाख नाघेको छ ।
गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक÷मोडल प्रकाश सपूतको नृत्य÷अभिनय छ । गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको थियो ।
गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ । बागलुङ घर भई हाल अमेरिकामा रहेका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।
‘मञ्जरीको पनि राम्रो प्रतिक्रिया आएको छ, युट्युबको भ्यूज, कमेन्ट, लाइक हेर्दा हामी उत्साहित छौँ,’ सर्जक पन्तले भने । गीतको भिडियो निर्देशन देवेन्द्र बब्लुले गरेका छन् । निर्देशक बब्लु गायक÷मोडल प्रकाश सपूतका भाइ छन् ।
गीतको उत्पादक बागलुङकै प्रकाश जिसी छन् । उनी पनि अहिले अमेरिकामा छन् । गीतमा ५ लाखबढी लगानी भएको जनाइएको छ । गीतले मायाप्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवाल जवाफ छ । सांस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ ।