विनाकारण
मानवताबाट टाढै बस्न थालेका छन् मान्छेहरूले
स्वार्थको डोरी मात्रै कस्न थालेका छन् मान्छेहरूले
सर्पले त जिस्क्याए मात्रै डस्छ भन्छन् त हजुर,
तर किन अकारण डस्न थालेका छन् मान्छेहरूले १
अभिभावक
प्रचण्ड गर्मी र झरीमा गतिलो छाता होस् र पो अभिभावक
जिन्दगीको किताबमा बलियो गाता होस् र पो अभिभावक
यदि आफूलाई साँच्चिकै सच्चा अभिभावक भनेर ठान्छौ भने
हामीले गुहार गर्ने विश्वासिलो नाता होस् र पो अभिभावक ।
हद
उम्लिने हदसम्म नगर माया पोखिएर खस्ने डर हुन्छ
चिस्सिने हदसम्म नगर माया हिउँ भएर डस्ने डर हुन्छ
मान्छे हुँ म १ मान्छे भएरै बाँच्न देऊ प्रिया मलाई सधैँ
पुजिने हदसम्म नगर माया ढुङ्गो भएर बस्ने डर हुन्छ !
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्