मैले धेरै कुरा सिकेको छु अहिले किराबाट
अनुभवहरू कति मिले कति मिले किराबाट
हुने बिरुवाको चिल्लो पात भन्दै गर तिमी
म सुन्दर पुतली बन्ने छु हेर झुसिलो किराबाट
०००
औकात भुलिदियो आफ्नो सीमा भुलिदियो
को आवश्यक थियो जिन्दगीमा, भुलिदियो
आफ्नै सङ्घर्षले अग्लिएको भन्दै चुचुरोले
कति सजिलोसँग फेदको महिमा भुलिदियो
०००
दिन नहुने रहेछ त्यस्तालाई दिने मन भएर पनि
बाँड्दै हिँड्नु ठीक होइन सधैं सज्जन भएर पनि
हिजो बाहु काटेर दिएँ आज यस्तो गुनासो गर्छ
जाबो हात मात्रै दियो फलानोले गर्धन भएर पनि
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्