घरी याद आउँछ, घरी घात उतैबाट आउँछ
एयरर्पोटमा कहालीलाग्दो रात उतैबाट आउँछ
ए ! सरकार मलाई जवाफ दे कतिन्जेलसम्म
सेतो कफनमा लासको खात उतैबाट आउँछ
०००
रुवाउँदै पठायौ ऊ, बेला गरेर अति कहाँ पाइन्छ
अहिले बिरामी हुँदा सम्झेर श्रीमती कहाँ पाइन्छ
बाउको जिउनी बेचेर मोज मस्ती गर्यौ जवानीमा
बुढेसकालमा खान खोजेर सम्पत्ति कहाँ पाइन्छ
०००
तिम्रो मायालाई मनभरि गरेर जतन म कसरी आऊँ
झ्यालबाट हेरिरहेका छन् मेरा दुस्मन म कसरी आऊँ
तिमी पनि यस्तो बेलामा भेट्न बोलाउँछौ कि प्रिय
ढोका अगाडि दाइले बस्दिए अनशन म कसरी आऊँ
–भुम्लु गाउँपालिका, काभ्रेपलान्चोक
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्