गोजी रित्तो छ, भकारी खाली छ के आँटेर दसैँ मनाऊँ
पत्याउनै छोडे ऋण अब कसलाई ढाँटेर दसैं मनाऊँ
भन्न त कति सजिलै धुम धामले दसैं मनाउनु भन्यौ
माछा मासु त परै जाओस् सब्जी के काटेर दसैं मनाऊँ ?
०००
हत्या, हिंसा र बलात्कारको दुर्गन्धले श्वास फेर्न सक्दिनँ
मसाल जलाएर सिंहदरबारलाई मैले एक्लै घेर्न सक्दिनँ
ऐ सरकार ! म सहर्ष स्विकार्छु बरू मलाई फाँसी दिनुहोस्
पुनः अन्य चेलीहरूको बलात्कार म हेर्न सक्दिनँ ।।
०००
अरु केही पनि चाहिँदैन मलाई,अन्तिम पलमा पानी भैदिओस्
पानी पिलाउने दयालु साथ साथै मायाकी खानी भैदिओस्
चाहना ठूलो राख्दिनँ दैव अनि अरु केही पनि म माग्दिनँ
प्राण जान घिटीघिटी हुँदा पियारीको काख सिरानी भैदिओस् ।।
–भरतपुर–२३, चितवन
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्