दुई तीन दिनको भोक बिर्सिन्छिन्
मनका अनेकौं शोक बिर्सिन्छिन्
काखमा आफ्नो सन्तान भयो भने,
एउटी आमाले सब थोक बिर्सिन्छिन्।
०००
वीर गोर्खालीको इतिहास, सम्झाइदिए पुग्छ
यहीँ हो बुद्धको निवास, सम्झाइदिए पुग्छ
कतैबाट नेपालबारे, सोधीखोजी भयो भने
सगरमाथा र लालीगुराँस, सम्झाइदिए पुग्छ ।
०००
देखावटी इमानको खम्बा ढल्छ, रात परेपछि
अचम्मैसित यौवनको आगो बल्छ, रात परेपछि
जसले छोएको पानी समेत, चल्दैन भन्नुहुन्छ उहाँ
हो उसैको, उहाँलाई शरीर चल्छ, रात परेपछि ।
–मेलुङ गापा–२, दोलखा
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्