नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भई आज घर फर्किएका छन् ।
उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।