जिज्ञासु पौडेल ‘तिलक’का तीन मुक्तक
अध्ययनबिनाको टुङ्गो कसरी हुन्छ होला ?
मख्खन झैँ दिल ढुङ्गो कसरी हुन्छ होला ?
गह्रुङ्गो हुन्छ भनौँ भने यी आँखामै अडिन्छ
आँसु झर्दा मन हलुङ्गो कसरी हुन्छ होला ?
०००
आफ्नो भोगाइलाई सफलताको सुरु मान्नुपर्छ
समयले जेजे गर भन्छ त्यो खुरुखुरु मान्नुपर्छ
असफल भएँ भन्दैमा किन मन बिगार्नुहुन्छ ?
सफल भइन्छ, शत्रु र गल्तीलाई गुरु मान्नुपर्छ
०००
चेली छोरीलाई नि चिन्न छाडे बाउ जस्ता मान्छेहरु
उता दुख्छन र यता पोल्छन घाउ जस्ता मान्छेहरु
मलाई मान्छे र कुरा बटारिएको पटक्कै मन पर्दैन
कहिले सिधा बन्लान् यी चाउचाउ जस्ता मान्छेहरु ??
–बुटवल
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्