मृत्युपछि आत्मा जीवन्त हुन्छ, शरीर माटो बन्छ
तर प्रेम सधैँभरि अमर हुन्छ जिउने बाटो बन्छ
विपरीत उपमा दिन्छन् किन प्रेममा ? अबुझहरू
दिव्य प्रेम पवित्र हुन्छ, नबुझे पछुताउको पाटो हुन्छ ।
०००
भुलेर आफ्नो संस्कृति पश्चिमी धुनका कुरा गर्छन्
स्वभाव जसको खल्लो छ उनै नुनका कुरा गर्छन्
चुट्छन् गफ अर्काका गुणका र भुल्छन् आफूलाई
अँ, जसका मुठी सारा छन् उनै गुनका कुरा गर्छन् ।।
०००
भरिएन अञ्जुली पानीका बुँदहरु जति झरुन्
जीवनमा बादल लगाइ मनमा झरी जति परुन्
मिलनको घडी आउला कि भन्दै बाटो हेर्दै तिम्रै
टुटाइन आशा हृदयका एकएक गरि जति मरुन् ।
–पोखरा महानगरपालिका–३२
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्