अनुमान गरिन्छ पहिल्यै गहिराइ खौलो देखाएर
कस्न खोज्दै छन् अझै समयलाई मौलो देखाएर
न पुरिन्छ खाडल न रोकिन्छ समय मात्र घमण्डले
कहाँ उभिनुहुन्छ आफू समाजलाई औंलो देखाएर
०००
नसकुँला तिर्खा मेट्न, गागर बन्न सक्छु
सम्झनू इज्जत ढाक्ने घाँगर बन्न सक्छु
मूल्यवान् नलाग्न पनि छुट छ तिमीलाई
पोखिएर एक लोहोटा सागर बन्न सक्छु
०००
समयले कोल्टे फेर्न सक्छ विगत भुल्न सकिँदैन
कलुषित भाव बोके क्षितिजसम्म खुल्न सकिँदैन
हर कोही यस्तो छैन, कर्म बेगरको फल चाखोस्
उठ हे परिश्रमी, नपोखी पसिना फुल्न सकिँदैन
–सामाखुसी काठमाडौँ
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्