पुरानो घाउ नबल्झियोस् सहन सक्तिनँ
आँखाको उर्लँदो खहरेमा बहन सक्तिनँ
जिन्दगीको यात्रामा कति हैरानी काटियो
कोही सुनाउन भन्छ, बताइरहन सक्तिनँ !
000
न्याय हराएको समयमा न्यायको सियो बचाऊ
बेथिति बढ्रदै गएको छ कमसेकम मियो बचाऊ
नाजायज सत्तामोहको अनिष्ट हावा चलेको बेला
लामो संघर्षको उपलब्धि संघीयताको दियो बचाऊ ।
000
कोरोना अनि सत्ता संघर्ष जुम्ल्याहा भाइ झैँ भए
ज्योतिषीले बताउँलान् को भाइ को दाइ झैँ भए
पतनोन्मुख सर्वहारा र उदयोन्मुख सरूवा रोग
एकैसाथ जन्मिए बिचौलियाका लागि हाइ झैँ भए ।
–काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्