तिमी छेउमा हुँदा कुनै तलतल नै हुँदैन
गज्जबले मन खोल्नलाई अलमल नै हुँदैन
तिम्रो यादमा चिन्तनमा हरेक आकृतिमा
मैले तिमीलाई नसम्झिएको पल नै हुँदैन ।
०००
केभो एकोहोरिनु झस्किनुको, हाराहारमा छु
न म भित्रै जान सक्छु न बाहिर, सङ्घारमा छु
मेरा विगतका ती दुःखदायी दिनहरु सम्झेर
आँसु लेखूँ कि, जिन्दगी लेखूँ दोधारमा छु ।
०००
जन्मथलो नभुल्नुस् संस्कृति नभुल्नुस्
ध्यान ज्ञान बाँड्ने कूटनीति नभुल्नुस्
जहाँ रहे पनि, होस् चिनारी पहिचान
नभुल्नुस् भाषा र रीतिथिति नभुल्नुस् ।
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
