घर जलाई दिन्छन् र खरानीको व्यापार दिन्छन्
भोका पेटलाइ कोसेली गोली र हतियार दिन्छन्
सहयोग यस्तो छ कि हजुर हाम्रा हितैषीहरुको
खुट्टा काटेर लैजान्छन् बैशाखी उपहार दिन्छन्
०००
फूलहरुले आगो विद्रोहको बालेको इतिहास छ
त्यै आगोले फलाम पनि गालेको इतिहास छ
भो धेरै नजिस्क्याउ हाम्रो स्वाभिमानलाई तिमी
कमिलाले पनि हात्तीलाई ढालेको इतिहास छ ।
०००
खोसिए खुशी खोसिने हो पिर होइन के पिर मान्छस्
छिनिए ताज छिनिने हो शिर होइन के पिर मान्छस्
पढाउँदै जिन्दगी पटक पटक भन्नु हुन्थ्यो मेरी आमा
लुटिए हातको लुटिने हो तक्दिर होइन के पिर मान्छस्
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्