कसैको साथविना वाइयात रहेछु
केवल औँला नभएको हात रहेछु
तिमीले छोडेपछि जीवन बेअर्थ भो
तिमी वाक्य रहेछौ म निपात रहेछु ।
०००
यता काँडा बिझ्दा उताचाहिँ ऊ नाचिरहेछ
म भारत दिल्ली, ऊ पाकिस्तान कराँची रहेछ
व्याकरणले विपरीतार्थक शब्द हो भने पनि
मेरो ‘पीडा’ दुस्मनको ‘खुसी’ पर्यायवाची रहेछ
०००
नछोपीकन हिँड्दा झन् थिएन भर गलामा पनि
अपराधीहरूले लाउँथे गिद्दे नजर गलामा पनि
बरु छोटो लाएको भए बलात्कार मात्र गर्थे होला
लामो भइदिनाले कस्दिए मफलर, गलामा पनि ।
सुन्दरहरैंचा–२, मोरङ
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्