झुकेको देख्छौ ती वृक्ष, जसमा फलेको हुन्छ फल
फल्दैन सालको बोटमा, जतिसुकै गरे नि मलजल
नदेखाऊ आस निरीह प्राणी हुन् यी तिम्रा जनताहरु
भ्यागुताका संसार तालमै जति उफ्रे नि तलका तल ।
०००
मुस्कान पाउने भए, गहमा नराखी आँसु बेचिदिन्छु म
कुरेरै बसें आसमा, उमङ्ग यतै भएर जाँदा थोरै किन्छु म
मेरो ठेगाना उही हो, दुःख ! खोज्न अन्त कतै जानै पर्दैन
रुप बदलेर हिँड, तर तिम्रो पदचापले सजिलै चिन्छु म ।
०००
बुझ्ने क्षमता इसारा, देख्ने देखाउनेको औकातमा हुनुपर्छ
आँखाबाटै परावर्तित नभई सिधै छिरेर दिल भित्र छुनुपर्छ
व्याख्या त धर्म संस्कार समयले सिकाउँछ अर्थ अनर्थ पनि
अन्तर्मन रुवाएर हाँस्नुपर्छ या सफा मन आँसुले धुनुपर्छ ।
–लाजिम्पाट, काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्