देश लुटेर कोही खुसी हुँदै हिँडेका छन्
कोही भने देशको मैला धुँदै हिँडेका छन्
कोही देशमै शरणार्थी कोही खाडीतिर
देशको माया गर्नेहरू रूँदै हिँडेका छन्॥
०००
बनिएन चिप्लोचाप्लो बनिएन चाम्रो
जडाउरीभन्दा बरू बेस झुत्रो झाम्रो
कता के के पाकेको छ चासो छैन कत्ति
मिठो पिठो जे भए नि आफ्नै भान्छा राम्रो॥
०००
सम्यायौं भने श्रमले भिरालो पनि पाटो बन्छ
पोखे यतै पसिना आफ्नै देशको माटो बन्छ
लगनशील बनिरहे असम्भव के नै छ र
हिँडिरहे निरन्तर भीरमा पनि बाटो बन्छ॥
–कागेश्वरी मनहरा नपा–२, काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्