सायद त्यही भएर अचानक अप्ठ्यारो पर्न आएको हो
हो दुःख तैँले नै त मलाई आफन्तहरु चिनाएको हो
मनै थिएन जाने तैपनि गए कैयौंपटक निम्त्याएपछि
गुनको पैँचो तिर्न उहाँले मलाई हन्डर खुवाएको हो
०००
सुक्खा पतझरको बुट्यान हुँ म नहल्लाइदिनोस्
बिन्ती मेरो आसपास आगो नजलाइदिनोस्
सिन्का घोपी घोपी बनाएको नाजुक टपरी सम्झ
उध्रिन सक्छु मलाई अब कति नचलाइदिनोस्
०००
बोल्न जरुर बोल्छ तर नबोलेरै कसरी बोल्छ
मौन बसेर पनि ऊ सबैको भन्दा बढी बोल्छ
कुराकानी हुन्छ भेट हुदैन सन्ध्या र बिहानीको
जसरी सचेत चेतनासँग निर्जीव घडी बोल्छ
–बानेश्वर, काठमाडौं
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्