ममताको छहारीमा बसेर स्वर्गको अनुभूति गर्दै गर्दा
एक्कासि छटपटी चलेको छ, केहीले कुदृष्टि छर्दै गर्दा
आँगन जोगाऊ वीर, भागबन्डा र कुस्ती पछि गरौंला
एकताको झन्डा फहराऊ, मतियार नजिक सर्दै गर्दा
०००
यादले सिंगारिएको झुपडी र दैलो यतै राखेर
बिछोडको आँसुले पखालेको मैलो यतै राखेर
खुसीले भरिएको अञ्जुली पिलाउन म एक्लै
पैसाको देश जाँदै छु ममताको थैलो यतै राखेर
०००
कोही आए, गए फेरि आउने बाटो छेकूँ लाग्छ
मनको पानाभरि उनको नाम अब मेटूँ लाग्छ
भिजाएर यी परेलाहरु भौँतारिँदै हिँड्नुभन्दा
प्रकृतिको काखमा बसी प्रेम कथा लेखूँ लाग्छ
–गैंडाकोट
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्