छैनन् बुझिदिनेहरू कसलाई सुनाउनु ?
नसुनाउनै ठीक छ बरु कसलाई सुनाउनु ?
स्वयं आमाले नै छाउ गोठमा पठाएपछि
छाउ गोठको पीडा अरु कसलाई सुनाउनु ?
०००
नसोचेरै इज्जत जाला गल्ती गरेकी हुँ
चिन्न नसकेर उसको चाला गल्ती गरेकी हुँ
जुत्ताको माला बनाएर लगाउन पर्नेलाई
लगाउन खोजी वरमाला गल्ती गरेकी हुँ ।।
०००
सकियो कि लगानी कहाँसम्म पुग्यो ?
हजुरहरुको मनोमानी कहाँसम्म पुग्यो ?
चाइनाबाट रेल कहिले आउँछ सरकार
मेलम्चीको पानी, कहाँसम्म पुग्यो ?
–नुवाकोट
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्