दिनदिनै भेट्न आउने, अरु पनि होलान्
रिसाउँदा फकाउने, अरु पनि होलान्
मसँग नै बस भनी कर कसरी गरुँ म ?
तिमीलाई मन पराउने, अरु पनि होलान् ।
०००
बाआमाकै रोजाइमा जाऊ, पहिल्यै भनेको थेँ
उसैसँग जीवन बिताऊ, पहिल्यै भनेको थेँ
अहिले भन्छौ एक्लै दिन काट्न सक्दिनँ म
परदेशी हुँ माया नलाऊ, पहिल्यै भनेको थेँं ।
०००
समस्या आउँथे कतिपय, तिमी साथमा हुन्थ्यौ
लाग्दैनथ्यो कसैको भय, तिमी साथमा हुन्थौ
अहिले एक्लै हिँड्नुपरेको छ जिन्दगीमा
कुनै बेला कुनै समय, तिमी साथमा हुन्थ्यौ ।
– बझाङ
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्