मैदान छैन, भीरमा छु मात्रै के भनेथेँ
निसानाको तीरमा छु मात्रै के भनेथेँ
स्याल पनि सिंहले झैँ गर्जिन पो थाल्यो
मुस्किलमा छु, पीरमा छु मात्रै के भनेथेँ।
०००
चिप्लो घस्दै परिचय गर्न जानिएन ।
असत्यको जयजय गर्न जानिएन ।
छेपारोले रंग फेरेझैं रुप बदल्दै हिँड्ने
तिम्रो जस्तो अभिनय गर्न जानिएन ।
०००
न जागिर छ, न त व्यापार कहाँबाट आयो ?
सुन,चाँदी र हीराको हार कहाँबाट आयो ?
हिजोअस्ति सडकपेटी पैदल हिँड्ने नेताज्यूको
पाँचतले घर, करोडको कार कहाँबाट आयो ?
– दक्षिण कोरिया
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्