प्रेमले जति मन अरु कुनै कुराले छुनै सक्दैन
मायाले जति हृदय कुनै साबुनले धुनै सक्दैन
प्रेम शाश्वत हो सत्यम शिवम सुन्दरम यो
प्रेमभन्दा पवित्र मन्दिर काहिँ कतै हुनै सक्दैन ।
०००
चिरिंदैछ यो मुटु च्यातिएरै मरिन्छ होला अब त
डरले निसास्सिएरै च्याँठिएरै मरिन्छ होला अब त
लासैलासले घेरिएर म के कामना गरूँ हजुर
लासकै थुप्रोले च्यापिएरै मरिन्छ होला अब त ।
०००
रोकि दे ! भनेपछि थाना रोकिन्छ अदालत रोकिन्छ
तोकि दे भनेपछि निर्दोष नै होस् संजाय तोकिन्छ
होलिवाईन छर्किएर आजकालका दुर्बासाहरुले
चोखि दे ! भनेपछि जस्तै अपराधी पनि चोखिन्छ !
– लन्डन
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्