साहुसँग ऋण मागि परदेसिनुपर्यो
दुई दिन बाँच्नकै लागि परदेसिनुपर्यो
पढेर आफ्नै देशमा रोजगार नमिलेपछि
घरपरिवार सबै त्यागी परदेसिनुपर्यो ।ण्ण्ण्
०००
आगो भर्भराउन छोड्यो काग कराउन छोड्यो
टाँढमा भँगेरीले आफ्नो गुँड बनाउन छोड्यो
के भयो कस्तो भयो मनमा चिन्ता लागेको छ
अचेल मुग्लानबाट बाको फोन आउन छोड्यो ।
०००
धनी हौली खुसी हौली मलाई छोडेपछि
पैसाले माया किनौली मलाई छोडेपछि
मेरो त माटो र खरले बनेको झुपडी हो
उता महलमा बसौली मलाई छोडेपछि ।
– मष्टा गापा–२, बझाङ
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्