गाउँका आमाबुवाहरू कस्तो अवस्थामा होलान् ?
तिर्खाएका बटुवाहरू कस्तो अवस्थामा होलान् ?
विकासको बहानामा डोजरले बिनास निम्त्याएछ
ढुङ्गे धारा र कुवाहरू कस्तो अवस्थामा होलान् ?
000
देह चिसाउने गरिबीले विचारलाई सेक्दो रैछ
पौरखी सामु भाग्यले नि जसै घुँडा टेक्दो रैछ
अर्जुन बन्ने इच्छालाई त छेकी गयो नियतिले
हेर्छु एकलव्य बन्नलाई अब कसले छेक्दो रैछ
000
बिर्स्यौँ करारमा छौँ ईश्वर लिखित हो जीवनु
सम्झौँ हुँदैन शाश्वत, मृत्यु लक्षित हो जीवन
हावानचल्नसक्ला झुल्किन्छ घाम पक्कै
रोएरजूनराती, जन्मेकोशीतहो जीवन
– जैमिनी-८,छिस्ती, बाग्लुङ, हाल दक्षिण कोरिया
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्