नाबालिका बलात्कार गर्ने नरपिचासहरुलाई
समाजमा दुर्गन्ध फैलाउने यस्ता बतासहरुलाई
कानुनको दायरामा ल्याउन नसक्ने ए सरकार
अधिकार दे काटेर फाल्छु ती बदमासहरुलाई
०००
कहिले अप्ठ्यारो भेटिन्छ कहिले सजिलो भेटिन्छ
जति बुझ्यो उति नै यो जीवन गहकिलो भेटिन्छ
राम्रो चिज राम्रै ठाउँमा भेटिन्छ भन्ने छैन हेर्नुस्
कोइलामा हीरा कमलको फेदमा हिलो भेटिन्छ
०००
छुट्याउन नसक्नु ठीक बेठीक, मेरो गल्ती हो
औधी विश्वास गरेर जानु नजिक, मेरो गल्ती हो
जसले बुझ्दै बुझ्दैन उसैलाई आफ्नो सम्झिएर
हृदयबाट माया दिनु अत्यधिक, मेरो गल्ती हो
–पाल्पा
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
