हरेक चुनौती आफैंमा यस्तो मौका सम्झियौ भने
पैताला बेचेर जुत्तालाई पनि धौता सम्झियौ भने
ए१देश बनाउने हो सीमाना च्यातिन समय लाग्दैन
देशलाई यसैगरी उध्रेको पछ्यौरा सम्झियौ भने
000
विकास हुँदै गरेको चीजलाई समेत दमन गरिदिन्छन्
यसरी मन भित्रका गम्भीर समस्याको बहन गरिदिन्छन
सन्तान समानताको बिगुल फुँक्ने आधुनिक बा(आमाहरु
छोरा भए जन्म दिन्छन् छोरी भए गर्भपतन गरिदिन्छन्
000
हरेक कुरामा गतिलो आय आर्जन माग्यौ
कहिले मृत्यु माग्यौ कहिले जीवन माग्यौ
तिम्ले प्रेम त्याग हो भन्ने उदाहरण देखाएर
आफ्नो हतियार उध्याउन मेरो गर्धन माग्यौ
– स्याङ्जा ५ गल्याङ, हाल कुवेत
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्