संग्रामले बनेको मान्छे विचारले चल्ने मान्छे
यी अँध्यारा बस्तीहरूमा मसाल झैँ बल्ने मान्छे
तिम्रो वर्गले च्यापिएर तिम्रो नस्लले थिचिएर
पर्दा पछाडी बस्न विवश छ युग बदल्ने मान्छे
000
ल्याएर मनमा अनेक तरङ्ग गुनासो कसले गर्छ ?
बनाई आफ्नै स्थिति भङ्ग गुनासो कसले गर्छ ?
आउनेहरूलाई स्वागत गर्न समय नभएको बेला
छाडेर जानेहरूसङ्ग गुनासो कसले गर्छ
000
थपिँदै जाँदा विभेदको चोट क्रान्ति तय हुन्छ
परिवर्तन गर्ने गरेर अठोट क्रान्ति तय हुन्छ
हातहतियार चलाएर केवल मान्छे मारिन्छ मित्र
आपसमा विचारको हुँदा विस्फोट क्रान्ति तय हुन्छ
–सिरान्चोक ३, हर्मी गोर्खा, हालः दक्षिण कोरिया
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्