धन सम्पत्ति ऐन अनुसार कसको नाममा छ ?
सत्यतथ्य भन्दे सरकार कसको नाममा छ ?
खुल्लामंच र बालुवाटार त छर्लङ्ग भो हामीलाई
टुँडिखेल र सिंहदरबार कसको नाममा छ ?
000
ढुकढुकी बढ्छ त्यो पलमा मुटु खसे झैं हुन्छ।
पहिरो जान्छ आत्मबलमा मुटु खसे झैं हुन्छ।
हास्दै( हास्दै देश छोड्न सक्छु सोचे पनि
आँसु झर्छ विमानस्थलमा मुटु खसे झैं हुन्छ।
000
मालिकको जस्तै हुलिया हो समयको
यो पुरै विशाल दुनियाँ हो समयको ।
हामी त केवल बाँचुन्जेल मजदुर हौं
सबको जिन्दगी भरिया हो समयको ।
- साफेबगर, अछाम, हालः दक्षिण कोरिया
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्