मुटु दुख्दा बरबर आँसु झर्छ पत्तो हुदैन
नियतीले कति बेला के गर्छ पत्तो हुदैन१
पैसा संग रगत साट्ने परदेशी हौं हामी
कति बेला बाकसमा फर्किनु पर्छ पत्तो हुदैन१
000
सुखहरु दुस्खको भेलमा परेका छन यहाँ१
सपनाहरू तातो तेलमा परेका छन यहाँ१
जिन्दगीमा बाध्यताहरु अघिअघि सरेपछि
मेरा रहरहरु ओझेलमा परेका छन यहाँ१
000
बाउन्न घुस्सा त्रिपन्न ठक्कर, चोट हजारौं छन्
सुध्रिएन भाग्यरेखा नियतिको खोट हजारौं छन्
पाईनज्ञानको ज्योति, गुम्यो जीवनको मोती
विभेदको पर्खालढाल्नेछु, अठोट हजारौं छन्
- वालिङ्ग १४, स्याङ्जा, हाल दक्षिण कोरिया
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्

